Monday, August 2, 2021
More

    तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा (भिडियोसहित)

    spot_img
    spot_img

    काठमाडौँ, शुक्रबार, १८ असार २०७८ । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ दर्शक स्रोता माझ आएको छ ।

    गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको रहेको छ । प्रकाश भट्टले निर्देशन गर्नु भएको भिडियोमा सेञ्चुरी, घिमिरे, सरस्वती फुयाँल, आयुषा गौतम, रवीना बसेल, विवेक इटनी र आयुष अधिकारीले अभिनय गर्नु भएको छ ।

    सेञ्चुरी र घिमिरेको स्वरमा रहेको गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ लाई दर्शकस्रोताले गत वर्ष रुचाएका थिए । यस वर्षको तीजगीतलाई पनि रुचाउनेमा आफूहरु आशावादी रहेको शुभारम्भ डिजिटलका व्यवस्थापक शम्भु कुँवरले बताउनु भयो ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    five + twelve =