Monday, August 2, 2021
More

    मिष्टर एण्ड मिस एसईइ जिनियस नेपाल २०२१ हुने

    spot_img
    spot_img

    काठमाडौँ, बिहिबार, ३१ असार २०७८ । एसईइ तहमा लक्षित सौन्दर्य प्रतियोगिताहरुबारे जानकार नहुने शायदै कोही होला । यस प्रकारको प्रतियोगिताको उपलब्धीका कारण एसईइ तहका युवा युवतीमा यसप्रतिको राम्रै क्रेज पनि देख्न पाइन्छ ।

    यसै सन्दर्भमा एमी इन्टरटेन्मेन्टको ब्यानरमा मिष्टर एण्ड मिस एसईइ जिनियस नेपाल २०२१ को घोषणा भएको छ । प्रतियोगिताले एसईइ तहको अध्ययन गरेका किशोर किशोरीहरुको समग्र पर्सनल डेभलेपमेन्टलाई लक्षित गरेको छ ।

    जस अन्तर्गत व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी क्षमताको विकास, सौन्दर्य, मेकअप, फेसन, मोडलिङ, सचार क्षेत्रसित अभिमूखीकरण र सम्बन्धीत तालिमलाई विशेष जोड दिएको छ । प्रतियोगिताको कोरियोग्राफरका रुपमा संंचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्य रहनेछन् भने व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षणको पाटो पूर्व मिस नेपाल एवं संचारकर्मी सुगरिका के.सीं.ले सम्हाल्नेछिन् ।

    यसका साथै पब्लिक स्पीकिङ, मोडलिङ, स्टेज प्रस्तुतिकरण यो प्रतियोगितासित जोडिएको प्रशिक्षणको प्रमुख पाटो रहने उल्लेख गरिएको छ । फेसन डिजाइनिङ, एयर होस्टेस् तालिम, कम्प्युटर शिक्षा, नृत्य तथा अभिनय, उच्च शिक्षा अध्ययन लगायतमा विशेष छुटको प्याकेज पनि व्यवस्था गरिएको यो प्रतियोगितामा न्युनतम शुल्कमा समग्रमा प्रतियोगिता उपलब्धीलाई प्राप्त गर्न सकिनेछ ।

    प्रतियोगितामा सहभागिता जनाउनका लागि एसईइ तहको विद्यार्थी हुनु बाहेकको अन्य प्रावधान राखिएको छैन । प्रतियोगिताका लागि अडिसन प्रक्रिया आउँदो साउन ९ गतेका लागि तय गरिएको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    4 − two =