गोरखा,शनिबार, १७ जेठ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा न १ मसेलमा हाल ३ जना क्वारेन्टिनमा रहनु भएको छ ।

मसेलामा २ जना भारतबाट र १ जना पोखराबाट आउनु भएको स्थानीय सितल गुबाजुले जानकारी दिनुभयो । साथै, उहाँले विन्द्रावति मा बि मा १ जना र कनकामना आधारभुत बिधालयमा २ जना क्वारेन्टिनमा रहनु भएको बताउनु भयो ।

गाउँपालिकाले खाने र बस्ने व्यवस्था गरेको छ । हाल क्वारेन्टिनमा रहनु भएकाको क्रमश आरडिटी र पिसिआर दुवै परिक्षण गरिने स्थानीय शिक्षक सितल गुबाजुले बताउनु भयो ।

बिश्वब्यापी माहामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको आजको जटिल परिस्थितिको सामना गर्न गाउँपालिका भित्र नै संक्रमणको जोखिम फैलन सक्ने खतरालाई ध्यान दिइ सबै सचेत भई सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

साथै, बिदेश तथा अन्य कुनै ठाउँबाट फर्किएर आउँदा सबैको स्वास्थ्य परिक्षण गराएर मात्र प्रबेश गराउन आवश्यक रहेको र सबैले लागु गर्न आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here