अमेरिका, मंगलबार, ६ जेठ २०७७ । म मेरो आफ्नै व्यक्तिगत धारणा साझा गर्न चाहन्छु । र, यो आवश्यक छैन कि ? तपाईं मेरो लेखमा सहमत हुनुपर्दछ । एक दशकभन्दा बढी विकसित देशमा बस्दा, मैले महसुस गरे कि, प्राकृतिक प्रकोप बाहेक अर्को कुनै  ठुलो शक्ति छैन । पछिल्लो बुधवार दिउँसो, म आफ्नो घर वरिपरि हिड्दै थिए । त्यो दिन घमाइलो थियो र मानिसहरुको चहलपहल पनि बाक्लो नै थियो । सबैले सामाजिक दूरी कायम गरेका थिए र मास्क लगाएका थिए ।

दिउँसोको समयमा घाम लागेता पनि एक्कै छिन् पछि पानी पर्यो । म बस्ने ठाउँ ओरेगन हो । बर्षाको कारणले गर्दा मलाई ओरेगोन निकै मन पर्छ ।

मैले पहिलेको भन्दा आज धेरै महसुस गरें कि, समय सबैभन्दा महत्वपूर्ण चीज हो । भोलि के हुन्छ कसैलाई थाहा छैन । के अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त हुनेछ ? के हामी वा हाम्रो परिवार मध्य कोही बिरामी हुनेछन ?  हामी, हाम्रो  स्वास्थ्य, सामाजिक र आर्थिक  रुपमा  सक्षम  हुने कुनै पनि किर्याकलापको अनुसरण गर्ने  प्रयत्न गरिरहेका  छौं । तापनि,  हामीसँग वास्तविक नियन्त्रण भने छैन । हामीसँग नियन्त्रण गर्ने क्षमता  कहिले थिएन । हामी सबैको लागि राम्रो गर्छौं र त्यसपछि जे हुन्छ, त्यो समयले नै बताउँनेछ ।

हामी, हाम्रो सपना, चाहना, आकांक्षा केही समयका लागि पन्छाएर समयसंगै जीवन परिवर्तन गर्दै, राम्रो जीवन बिताउन हामीले जुनसुकै समयमा पनि आफूले सक्दो प्रयास गर्न जरुरी छ । हामीले अहिलेको लागि भन्दा पनि भविष्यको लागि सोच्नुपर्छ ।

स्वास्थ्य सेवामा काम गर्दै जादा, मैले धेरै चोटि कोरोना भाइरस (कोभिड-१९) को बारेमा बिर्सिएँर माक्सको प्रयोग गरिन । यसकारण, मलाई परिवारका सदस्यहरूले धेरै पटक माक्सको प्रयोग गर्न सम्झाउँथे । म मेरो भावनाहरू, मेरो इच्छाहरू नियन्त्रण गर्न सक्दछु तर यस महामारीमा मेरो कुनै नियन्त्रण छैन । आजसम्म कोरोना भाइरस (कोभिड-१९) को औषधी बनेको छैन । आजको जटिल परिस्थितिमा मानिस आफै सचेत हुन् जरुरी छ । साथै , मैले बिरामीहरूलाई सक्दो राम्रो गर्न भनिरहेको छु । तपाईं मेरो वार्डमा खोक्नु हुन्छ वा तपाईं मास्क लगाउनुहुन्न भने पनि मलाई कुनै गुनासो छैन । तपाईंसँग मास्क उपलब्ध नहुन पनि सक्छ ।

म किन यस्तो भयो भनेर म हरेक दिन भन्न चाहन्न ।  म चाहन्छु,  मसँग खोप बनाउने र सबैलाई वितरण गर्ने शक्ति होस् । म अरुको बारेमा चिन्तित छु, जो दैनिक ज्यालाका साथ बाँचिरहेका छन्, अपाङ्ग छन् र आफैलाई खुवाउन सक्षम छैनन् । भनिन्छ कि  “हामी एउटै डुङ्गामा छौ”, म यो कुरामा सहमत छैन । “हामी समान डुङ्गामा छैनौं”।

परिवारसँग समय बिताउन केही व्यक्तिको समय कम  हुन्छ । केही कम तौलका बच्चाहरू सामान्य तौलमा फर्किन्छन्, केही व्यक्तिहरू ककटेलमा रमाउछन् र कोही कफिको चुस्कीमा मजा लिन्छन । त्यहाँ कोही छन्, जो आफ्नो स्वास्थ्य र कोरोना भाइरस (कोभिड-१९)  को डरले काम गर्न सक्षम छैनन्, । तर, सहायता पाउन योग्य पनि छैनन् । 

मैले गत हप्ता एक जना १०१ वर्षीय महिलालाई भेटें, उनी भन्छिन्, “म निराश छु, म सदाका लागि जान चाहन्छु, यो अति नै भयो”,  उनी शहरको सबैभन्दा राम्रो नर्सिङ्ग होममा बस्छिन् । तर, परिवारसंग भेट्ने सुबिधा भने दिएको छैन ।

यो दुखको कुरा हो, हाम्रा बच्चाहरूलाई कसले हेर्छ ? विद्यालय  बन्द छ, र हामी दुबै स्वास्थ्य सेवामा काम गर्छौं । हामी  फ्रन्ट लाइनमा काम गर्ने भएकाले हामीलाई हिरोको दर्जा दिइएको छ तर म हिरो हुन चाहन्न । मलाई साधारण जीवन नै  बिताउनु छ । म काम गर्न पाएकोमा धेरै खुशी छु, र काम गर्न नपाएकोहरुका लागि  प्रार्थना गरिरहेको छु ।  एक साझ, कसैले पार्किङ्गमा मेरो कारलाई हिर्काएर छोडेको रहेछ, यो पहिलो पटक होइन । कोरोना भाइरस (कोभिड-१९) को त्रासमा रहदा रहदै अझै अरुबाट अमानबीय  ब्यवहार भोग्नु पर्दा दु:ख लाग्छ । आफुले  अरुलाई जस्तो गर्यो , आफुलाई पनि त्यस्तै हुन्छ । भनिन्छ नि, सेवा नै धर्म हो ।

नेपाल मेरो जन्मभूमि हो र म नेपाली अभिनेता र अभिनेत्रीको ठूलो प्रशंसक हुँ।   म गर्व महसुस गर्दछु कि तिनीहरू सबैले समाजमा योगदान पुर्‍याउन ठूलो काम गरिरहेका छन । प्रत्येक चोटि, नेपालीहरुले ठूलो काम गरिरहेको र दुखमा परेका मानिसहरूलाई हेरचाह गरेको देख्दा खुशी लाग्छ । म उनीहरूलाई धेरै आदर गर्दछु !

जय नेपाल !

जसु रानाभाट

हाल, अमेरिका

धन्यबाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here