Tuesday, April 13, 2021
More

    महालक्ष्मी नगरपालिका र वाणिज्य बैंक लिमिटेड बीच समझदारी

    ललितपुर, बिहिबार, २ पौष २०७७ । महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्र महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ ।

    उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका ललितपुरका नगर उप-प्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा अध्यक्षहरु, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, बागमती प्रादेशिक कार्यालयको प्रबन्धक, लुभु शाखाको प्रबन्धक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    समझदारीपत्रमा हस्ताक्षर पश्चात कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख रामेश्वर श्रेष्ठले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने भन्नेबारे प्रकाश पार्नुभयो ।

    उहाँले यस कार्यक्रमले युवा शक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस समझदारीले वर्तमान अवस्थामा खेर गईरहेका बौद्धिक र श्रमिक शक्तिको उचित व्यवस्थापन गर्ने नगरको लक्ष्यलाई पुरा गर्न एवम् नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमको सफलतामा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले यस सहुलियतपूर्ण कर्जासँग सम्बन्धित काममा बैंकसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यन्वनयमा चुनौति भएता पनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here