काठमाडौं, शुक्रबार, ३० माघ २०७७ । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ । बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो ।
आज शुक्रबार काठमाडौंको माइतीघरबाट सुरु भएको आन्दोलन भद्रकाली, काठमाडौँ महल, सुन्धारा हुँदै विभिन्न ठाउँमा पुगेको विरोध र्यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखिएको छ ।
मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन् ।