काठमाडौँ, सोमबार, ३ फागुन २०७७ । मानव बेचबिखन प्रभावितहरुको बागमती प्रदेशस्तरीय संजाल गठन गरिएको छ । काठमाडौं बानेश्वरको सिद्धार्थ फुड ल्याण्डमा आयोजना गरिएको मानव बेचबिखन प्रभावितहरुको भेलाले कुलमाया छुमी अध्यक्ष र शान्ति लामा सचिव रहेको प्रदेशस्तरीय संजाल गठन गरेको हो ।
करिव ४ दशक देखि मानव बेचबिखन र प्रभावितहरुको क्षेत्रमा सक्रिय रहदै आएकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको प्रमुख आतिथ्यतामा भएको भेलामा मानव बेचबिखन प्रभावितहरुको रास्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामाङ, अभिमुखीकरण कार्यक्रमकी श्रोत व्यक्ति सिर्जना काफ्ले, शक्ति समुहकी कार्यकारी निर्देशक बालमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले शक्ति समुह र संजालले आगामी दिनमा बेच बिखनमा परेका र प्रभावितहरुका लागि एक राष्ट्रिय नीति तयार गर्न वकातल र दबाब दिनुपर्ने बताउँदै यसका लागि आफ्नो स्थानबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
हाल सम्म सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशस्तरीय संजाल गठन गरेको मानव बेचबिखन प्रभावितहरुको राष्ट्रिय संजालले आगामी दिनमा अन्य प्रदेशमा पनि संजाल गठनको तयारी गरिएको राष्ट्रिय संजालकी अध्यक्ष चरिमाया तामाङले जानकारी दिनुभयो ।
पर्पल फाउन्डेसन (Purple Foundation ) को ऐक्यबद्धतामा भएको संजाल गठन तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशस्तरीय संजाल गठन र परिचालनमार्फत मानव बेचबिखनको सवाललाई रास्ट्रिय मुद्धाको रुपमा उठान गर्ने जानकारी दिइएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा सन् २०१९ मा लगभग १.५ लाख ब्यक्तिहरु जोखिममा रहेका छन् |