काठमाडौँ, मंगलबार, ५ मङ्सिर २०८० । सिक्किमकी जेरिना गुरुङले मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको उपाधि हात पार्न सफल हुनु भएको छ ।
राष्ट्रिय सभागृह भृकुटीमण्डप गत शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा जेरिनाले यमाहाको स्कुटरसँगै ५ लाख बराबरको पुरस्कार प्राप्त गर्नु भएको थियो । त्यस्तै फस्ट रनरअपको उपाधि तारा गुरुङले हात पार्दा सेकेन्ड रनरअपको उपाधि करिना गुरुङले जित्न सफल हुनु भयो । मिस पपुलरको उपाधि अनामिका गुरुङले हात पार्दा मिस ट्यालेन्ट तारा गुरुङ नै हुनु भयो । साथै, सम्पूर्ण विजेताहरूले विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन् ।
सिक्किमकी जेरिना गुरुङले मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको उपाधि हात पारेपछि बिजेताले कृतज्ञता ज्ञापन ब्यक्त गर्नु भएको छ ।
नमस्कार/छेज्योलो;
सर्वप्रथम त यहाँहरू सबैलाई मेरो न्यानो अभिवादन।विशेषगरी तपाईहरूको अत्याधिक,माया,हौसला अनि आशिर्वादप्रति हृदयबाटै सम्मान गर्दै धन्यवाद व्यक्त गर्दछु । तपाईहरूकै कारण मैले मिस गुरूङ इन्टरनेसनल सिजन पाँच प्रतियोगिताको उपाधि जित्न सफल भएँ ।
सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री श्रीमान पि.एस तामाङ सरप्रति हृदयबाटै धन्यवाद व्यक्त गर्दछु वहाँको आशिर्वाद अनि हौसला निमित्त साच्चै आभारी छु ।
रिन्चेन्पोङ निर्वाचन क्षेत्र प्रभारी श्रीमान फूर्बा छिरिङ भोटियाप्रति वहाँको अतुलनीय साथको निमित्त कृतज्ञता ज्ञापन गर्दछु ।
सोरेङ जिल्लाकी जिल्ला पन्चायत अध्यक्ष श्रीमती तिला देवी गुरूङ,जेरिना सपोर्टिङ कोर टिम-समर्थक समुह,रिन्चेन्पोङ क्षेत्रवासी लगायत समस्त सिक्किमवासी, अखिल सिक्किम तमु गुरूङ बौद्ध संग,गुरूङ असोसिएसन अफ सिक्किम, विभिन्न संघ-संस्था, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली-गोर्खे समुदाय साथै मेरो शुभचिन्तकगण, आफन्तजन, गाउँले(बडा साम्दोङवासी), अति प्रिय मित्रगण, सेराब ओड्साल रेल्डेलिङ एकादमि देथाङ सुदुङ(SORA School), के.बि लिम्बू वरिष्ठ माध्यमिक विद्यालय श्रीबदाम (KBLSSS Sribadam), सिक्किमका विभिन्न मिडिया च्यानल, मिडियाकर्मी अनि मलाई प्रत्यक्ष – अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णलाई अन्तरिक हृदयबाट धन्यवाद व्यक्त गर्दछु ।
म प्रति हजुरहरूले राख्नुभएको विश्वास अनि भरोसालाई सदैव शिरोपर राखी भावी दिनमा अघि बढ्ने प्रतिबद्धता जाहेर गर्दछु । यस मिस गुरूङ इन्टरनेसनलको उपाधि जितेसँगै मलाई अझ जिम्मेवारीबोध भएको अनुभुति भयो । आफ्नो जाति, समुदाय, समाज अनि राज्यको निमित्त अझ उर्जावान भएर कार्य गर्ने हौसला मैले पाएको छु ।
१६ वर्षकै उमेरमा मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको ताजले आफू विजयी भइरहँदा आफैलाई भाग्यशाली ठाने तर यो सब सम्भव भएकै तपाईहरूको बहुमुल्य साथले गर्दा हो।हामीले एउटा सुनौलो इतिहास लेख्न सफल भएको छौं । तसर्थ, यो मेरो जित समस्त सिक्किमवासी, मेरो सम्पूर्ण शुभचिन्तकगणलाई समर्पित गर्न चाहन्छु ।
सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै मेरो यो सहभागीता आफ्नो जातीय सद्भावना कायम गर्दै आफ्नोे भाषा-संस्कृतिलाई जगेर्ना गर्नको निमित्त यो मेरो नवीन शुरूवात हो ।
हजुरहरू सबै-सबैप्रति सदैव ऋणी रहनेछु ।
धन्यवाद / गेश्याजे
तपाईहरूकै मिस गुरूङ
इन्टरनेसनल सिजन पाँच
जेरिना गुरूङ ।