बारा, बुधबार, २८ जेठ २०७७ । मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराको जिल्ला स्तरीय मुस्लिम अगुवा भेला सम्पन्न भएको छ ।

कलैया स्थित उधोग बाणिज्य संघ बाराको सभाहलमा भएको बैठकमा कब्रस्तान बनाउने निर्णय गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको प्रमुख अतिथिमा भएको बैठकमा बारामा रहेको चार वटै निर्वाचन क्षेत्रमा कब्रिस्तानको जग्गा छनौट गर्नचार वटै क्षेत्रमा उपसमितिको संयोजकमा तोकेको छ ।

जसमध्ये निर्वाचन क्षेत्र न. १ मा हाजी एैनुल मौलाना, निर्वाचन क्षेत्र न. २ मा मनजुर अन्सारी निर्वाचन क्षेत्र न. ३ मा अबदुल रहमान अन्सारी , निर्वाचन क्षेत्र न. ४ मा नाजिर हुसेनलाई बैठकबाट जिम्मेवारी दिइएको छ । उक्त बैठकले ५ दिन भित्र चार वटै निर्वाचन क्षेत्रबाट जग्गा छनोट गरेर मुस्लिम आयोग नेपाल अनुगमन समितिमा पेश गर्न निर्णय गरेको छ ।

कब्रस्तानमा भबिष्यमा यदि कुनै पनि ब्यक्ति बारा जिल्लाबाट कोरोना संक्रमणबाट मृत्यु भएको खण्डमा प्रशासनको सहयोगमा मुस्लिम समुदायको परम्परा अनुसार अन्त्येष्टि गरिने मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराका संयोजक राज महम्मद रायले जानकारी दिनुभयो ।

उक्त बैठकमा प्रमुख अतिथिको रूपमा रुद्र प्रसाद पण्डितको रहेको थियो। त्यस्तै, अध्यक्षतामा जिल्ला मुस्लिम आयोग संयोजक राज महम्मद राय, म़ कलामुदिन अन्सारी, सगिर अन्सारी रहमान अन्सारी, डा.मुफिज सिद्धी डा.कमरुल्लाह अन्सारी, जबिउल्लाह अन्सारी, सबिर अन्सारी, लगायतका उपस्थिति रहेको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको प्रमुख अतिथिमा भएको बैठकमा बारामा रहेको चार वटै निर्वाचन क्षेत्रमा कब्रस्तानको जगा छनौट गर्न चार वटै क्षेत्रमा उपसमितिको संयोजक तोकेको छ । जसमध्ये निर्वाचन क्षेत्र न. १ मा हाजि एैनुल मौलाना, निर्वाचन क्षेत्र न. २ मा मनजुर अन्सारी निर्वाचन क्षेत्र न. ३ मा अबदुल रहमान अन्सारी , निर्वाचन क्षेत्र न. ४ मा नाजिर हुसेन लाई बैठक बाट जिम्मेवारी दिइएको छ ।

बैठकले ५ दिन भित्र चार वटै निर्वाचन क्षेत्रबाट जग्गा छनोट गरेर मुस्लिम आयोग नेपाल अनुगमन समितिमा पेश गर्न निर्णय गरेको छ ।

उक्त कब्रस्तानमा भबिष्यमा यदि कुनै पनि ब्यक्ति बारा जिल्लाबाट कोरोना संक्रमणबाट मृत्यु भएको खण्डमा प्रशासनको सहयोगमा मुस्लिम समुदाय को परम्परा अनुसार अन्त्येष्टि गरिने मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराका संयोजक राज महम्मद रायले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here