काठमाडौँ, मंगलबार, ५ मङ्सिर २०८० । मृगतृष्णा फेसन हाउसद्वारा सिक्किम बाढी पिडितहरुका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।
माननीय मुख्यमन्त्री प्रेम सिङ तामाङ गोलेको कोषमा नेपाली एक लाख रूपैया पठाएर सहयोग गरेको मृगतृष्णा फेसन हाउसको अध्यक्ष तृष्णा गुरूङले जानकारी दिनुभयो ।
“मिस गुरूङ इन्टरनेशनल” पाचौं शेसन कार्यक्रममा सबै प्रकारका असहज परिस्थितिलाई पनि चिरेर मृगतृष्णा फाउन्डेसन अध्यक्ष तथा मृगतृष्णा फेसन हाउसको संचालक तृष्णा गुरूङले सिक्किममा गएको बाढीपीडितहरूलाई सानो भएपनि टेवा पुगोस भनि माननीय मुख्यमन्त्रीको कोषमा नेपाली एक लाख रूपैया रकम हस्तान्तरण गरेको बताउनु भयो ।
गत मङ्सिर ४ गते सिक्किम सरकारद्वारा गरेको सम्मान कार्यक्रममा सिक्किमबाट सहभागी पाँच सदस्य प्रतियोगी र सिक्किम कोर्डिनेटर द्वय बिबि गुरूङ र सुबास गुरूङको उपस्थितिमा ७ सदस्यीय “मिस गुरूङ इन्टरनेशनल ” सेशन फाइभको बिजेता जेरिना गुरूङ सिक्किम सहितको प्रतिनिधी मण्डलले सहयोग रकम माननीय मुख्य मन्त्रीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ इन्टरनेलेशनलको आयोजना हुँदै आएको छ ।