Monday, March 1, 2021
More

    मैत्रीय सहकारीको १३ औँ साधारण सभा सम्पन्न

    काठमाडौँ, शुक्रबार, १० पौष २०७७ । मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    भक्तपुरको बालकोटमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सरकारीहरू सरकारको नीति-नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचत कर्तालाई मद्दत गर्नुपर्ने बताउनु भयो । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको उहाको भनाइ रहेको थियो ।

    मैत्रीय सहकारीका अध्यक्ष एवम् सभाका सभापति बालमुकुन्द उपाध्यायले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । उहाले मैत्रीय सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताहरूका लागि समर्पित भएर काम गरेको उल्लेख गर्नुभयो ।

    संस्थाका सचिव सुमन सिलवालले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।

    त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनु भयो । सभामा कोषाध्यक्ष सिलवालले आ.व. ०७६/७७ को आर्थिक प्रतिवेदन र ०७७/७८ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

    मैत्रीय सहकारीले गत आर्थिक वर्षमा करिव २१ करोड बचत संकलन गरी १८ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा २६ सय सदस्य रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here