Monday, March 1, 2021
More

    ” मैले माटो चिनेको छु ,त्यसकारण म जित्छु ” सिरानचोक गाउपालिकाको प्रमुख उमेद्वारमा राजु गुरुङ

    “सभ्य समुन्नत तथा स्वाबलम्बी समाज निर्माणमा हाम्रो अभियान ” बिकासप्रेमी , मिलनसार , समाजसेबी , प्रखर बक्ता तथा युवा नेता , निति निर्माण तहमा कार्य गर्न सक्षम , कुशल नेतृत्व गर्न सक्ने क्षमता भएका नेपाली कांग्रेस, गोर्खा जिल्लाको सिरानचोक गाउपालिकामा प्रमुख पदका दाबेदार उमेद्वार अधिबक्ता श्री राजु गुरुङसंग रेडियो पर्यावरण १०४.२ मेगाहर्जका प्रशासन प्रमुख तथा सम्पादक राजु मियाँ ‘प्रकृति” ले गर्नुभएको कुराकानी :

    मेरो राजनैतिक यात्राको शुरुवात बि. स. २०४६ सालदेखि नेपाली कांग्रेसको भातृ संगठन ने. बि संघको श्री जनकल्याण मा.बि तल्लो गोहोरे , गोरखाको इकाई सचिब भएदेखि मेरो राजनैतिक यात्राको शुरुवात भएको थियो |

    क्याम्पसमा अद्द्ययनरत हुदा पनि ने. बि संघमा क्रियाशील रहेको थिए | बिधार्थी जीवनको समाप्ति संगै बि. स. २०५७ सालदेखि नेपाली काङ्ग्रेस पार्टीमा हालसम्म पनि क्रियाशील रहेको छु | नेपाली काङ्ग्रेस पार्टीको १२ औ महाधिबेशनमा निर्बाचित नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट जिल्ला कार्य समिति , गोरखाको सदस्य र फेरी १३ औ महाधिबेशनपछि म पुन: नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट जिल्ला कार्य समिति , गोरखाको सदस्यमा रहेको छु | गोरखा काठमाडौँ प्रजातान्त्रिक समाज , काठमाडौँमा पनि सदस्य पदमा रही काम गरिसकेको छु | हाल म नेपाल डेमोकेटिभ लयर्स एशोसिएसनमा आबद्ध रहेको छु |

    सामाजिक क्षेत्रतर्फ आदिबासी बिधार्थी महासंघको स्थापना हुनुभन्दा आगाडी आदिबासी बिधार्थी समाजको केन्द्रिय सदस्यको रुपमा रहेको थिए , त्यसैगरी आदिबासी मानब अधिकार सरोकार केन्द्रको सस्थापक महा-सचिब , त्यसैगरी जनजाती बिधार्थी महासंघको पूर्व महा-सचिब , त्यसैगरी गुरुङ सस्थामा बि. स. २०५४ सालदेखि हालसम्म क्रियाशिल रहेको छु | नेपाल तमु बिधार्थी ध्योधीको केन्द्रिय सदस्यदेखि पूर्व सचिब हुदै तमु ह्युला ध्योधी गुरुङ रास्ट्रिय परिषदको केन्द्रिय सदस्य हुदै हाल आएर तमु ह्युला ध्योधी गुरुङ रास्ट्रिय परिषदको उप-महा-सचिब पदमा रहेको छु |

    १. स्थानिय तहको निर्बाचनबारे स्थानिय क्षेत्रमा के कस्ता चर्चा , परिचर्चा सुन्नु भएको छ ?

        स्थानिय तहको निर्वाचनमा कुन पार्टीको कुन उमेद्वार आउछ , मनमा खुल्दुली सहित आम जनताले कुरेर बसेका छन् | अहिलेसम्म कांग्रेस , एमाले , माओबादी लगायत अन्य दललाई साथ दिएका हुन् | आजसम्म भनेजस्तो बिकास गर्न सकेका छैनन् | अब जनताले पार्टीलाई नभई ब्यक्तिलाई हेर्ने समय आइसकेको छ , त्यसका लागि जनताले आफै मुल्याङ्कन गर्दै गाउमा कुशल नेतृत्व छान्न तयार भएर बसेका छन् | चुनाबको माहोल राम्रो बनेको छ | गाउतिर भोट हाल्नका लागि आम जनसमुदायमा हतार भइसकेको छ , साथै ब्यापक उत्साहित  भएका छन् |  कांग्रेस , एमाले , माओबादी र अन्य राजनैतिक दलको स्थानिय क्षेत्रमा चर्चा , परिचर्चा बढी रहेको छ |

    २. सिरानचोक गाउपालिकाको प्रमुखमा उमेदवारीको चर्चा रहेको छ , तपाइको उमेदवारी के र कसका लागि ?

     सिरानचोक गाउपालिकाको प्रमुखमा मैले नेपाली कांग्रेस , गोर्खा जिल्लाबाट पार्टीको निर्णय अनुसार टिकट प्राप्त गर्न सफल भएको छु | म गुरुङ परिवारमा , गाउको बिकट ठाउमा जन्मिएको  ब्यक्ति हु | गाउमा हुर्किए , गाउको बिधालयमा अध्ययन गरे | साह्रै दुख , कस्ट गरी गाउमा नै खाइ खेलीकन हुर्किएको हुनाले मैले  सिरानचोक गाउपालिका र त्यहाका आम जनसमुदायको समस्या मैले बुझेको , जानेको छु , त्यसकारण  सिरानचोक गाउपालिकाको समग्र उन्नति , बिकास र समृदिकालागि मैले उमेद्वारी लिएको हु | सो क्षेत्रमा बसोबास गर्ने आम जनसमुदायका सामाजिक , आर्थिक , शैक्षिक , बाताबरण , स्वास्थ्य लगाएतका आधारभूत आवस्यकता परिपूर्ति गर्नका लागि पहल गर्नेछु | शहरमुखी समुदायलाई गाउमुखी बनाउनका लागि भौतिक पूर्वाधार लगायतका बिकाशदेखि लिएर आय-आर्जनका कामदेखि सामाजिक चेतनामुलक कामहरुका लागि म क्रियाशिल रहनेछु , त्यसकारण मेरो उमेद्वारी सिरानचोक गाउपालिकाको लागि र सो क्षेत्रका आम जनताको खुशीको लागि  मेरो उमेद्वारी रहेको  हो |

    ३. तपाईको भाबी योजना के रहेको छ ?

    सिरानचोक गाउपालिकाको प्रमुख पदमा मैले जीत हासिल गरे भने सो क्षेत्रका बासिन्दालाई आत्मनिर्भर बन्नका लागि महत्वपुर्ण भूमिका खेल्नेछु , यसैगरी कृषि उत्पादन गर्ने , एक टोल एक कृषि क्षेत्र निर्धारण गर्ने , अलैची खेती गर्ने , कफी खेती गर्ने , कुखुरापालन , बाख्रापालन गरी आय-आर्जन गरी आत्मनिर्भर बन्नका लागि पहल गर्नेछु | दैनिक जीबनयापन गर्नका लागि अर्थ उपार्जनका लागि ब्यावसायीक तालिमहरु सन्चालनको लागि पहल गर्नेछु | समाज उत्थानका लागि समुन्नत , सामाजिक न्याय हुने गरी काम गर्नेछु |

    सास्कृतिक संरचना निर्माण गर्ने , विभिन्न जातजातिका भाषा , धर्म , लिपि , चाडपर्ब , रितिरिवाज , लोक सास्कृतिक सस्कारको बिकाश गर्नका लागि मेरो भूमिका प्रमुख हुनेछ ,त्यसैगरी गुणस्तरिय शिक्षाका लागि भौतिक पुर्बाधारमा ध्यान दिदै समय अनुकुलको शिक्षा प्रदान गर्न पहल गर्नेछु | गोर्खा जिल्लाको सिरानचोकमा रहेको ऐतिहासिक , लोप हुन लागेका कला सस्कृति  , पर्यटकीय स्थलको  सरक्षण , सम्वदन र प्रचार प्रसार गर्नको लागि बिशेष रुपमा काम गर्नेछु |

    ४. चुनाब जित्नका लागि के- कस्ता तयारी गर्दै हुनुहुन्छ ? आधार के हुन सक्छन् ?

    चुनाबका लागि सिरानचोक गाउपालिकाको गाखु , श्रीनाथकोट, जौबारी , केराबारी , थालाजुङ्ग, हर्मी र माथिल्लो र तल्लो छोप्राक गरी ८ वटै वडाहरुमा घरदैलो अभियान अन्तर्गत बिभिन्न वर्ग , जाती , समुदाय , बिभिन्न पार्टीका अग्रज तथा बुद्दिजीबी , स्थानिय उमेद्वारहरुसंग अन्तरक्रिया कार्येक्रम गर्दै अगाडी बढ्दै छु |

    • पार्टीको संगठन गाउपालिकामा बलियो रहेको छ | पार्टीले नेतृत्व प्रदान गरेर पठाएता पनि निर्वाचित भए पश्चात गाउ समाजमा नै मेरो सेवा गर्ने प्रमुख लक्षय रहेको छ | नेपाली कांग्रेसले मलाइ बिभिन्न जाति , समुदाय , जनताले मनपराएका जनजाति, दलित , सिमान्तकृत तथा समाबेशीको प्रतिनिधित्व हुने गरी उमेद्वारको रुपमा खडा गरेको छ |
    • आदिबासी जनजातीमद्यको गुरुङ समुदायले नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण बदलिएको छ |
    • म मेरो व्यक्तिगत पेशा बिगत १५ बर्षदेखि कानुनी क्षेत्रमा वकालत पेशा गर्दै आईरहेकोमा सो पेशालाई छोडी स्थानिय तहको सत्ता सन्चालनको लागि अग्रसर भएको छु |
    • अहिलेको समय अनुकुल स्थानिय निकायमा कानुन निर्माण गर्ने , निति निर्माण तहमा कार्य गर्न सक्षम ,कुशल नेतृत्व गर्न सक्ने क्षमता भएको , कार्यालयको व्यवस्थापन गर्ने पूर्ण ज्ञान म संग रहेको छ |
    • सिरानचोक गाउपालिकाको सभ्य समुन्नत तथा स्वाबलम्बी समाज निर्माण गर्न , गाउको समृद्ध बिकासका लागि म संग स्पस्ट भिजन र मिसनका साथ चुनाबमा होमिएको छु | म नेपाली कांग्रेस पार्टीको उमेद्वार मात्र नभएर समग्र सिरानचोक गाउपालिकाका जनताका साझा उमेद्वारको रुपमा रहेको छु त्यसैले मेरो जीत सुनिश्चित रहेको छ |

    ५. तपाइले समाजमा हालसम्म के गर्नु भएको छ ?

    नेकपा माओबादीले जनताको करबाट आएको बजेटलाई बिकासको नाममा गाउ-गाउमा विभिन्न उपभोक्ता समुहहरु बनाई कनिका छरेझैँ राज्यको ढुकुटी सकेर आफ्नो खल्तीको पैसा जसरी आफुले मात्र बिकाश गरेको भन्ने किसिमको भ्रम मतदाताहरु माझ गरेको छ | यो सिधै सोझा – साझा जनताका आखामा छारो हाल्ने काम हो तर मैले समाजमा निम्न कामहरु गरेको छु |

    • भुकम्प गएपछि मेरो व्यक्तिगत पहलमा २१ वटाभन्दा बढी गोरखाको स्कुलमा जस्तापाता वितरण गरेको छु |
    • गाउमा भुकम्प पीडितका लागि जस्तापाता , कम्मल , खाधान्न सामाग्री वितरण गरेको छु |
    • बिधालयमा लाईब्रेरि बनाइदिएको छु |
    • बिधालय निर्माणको अभियान संचालनका लागि ब्यतिगत पहलमा काम गरेको छु |
    • समय समयमा गाउमा स्वास्थ्य शिबिर संचालन गरेको छु |

    ६. सम्पुर्ण जिल्लाबासी र आफ्ना मतदाताहरुलाइ के भन्न चाहानुहुन्छ ?

    अहिले हामी सबै मिलेर देश बनाउने बेला हो। लामो समयसम्म स्थानीय चुनाव हुन नसक्दा बिकासका हिसाबले हामी २० वर्षमा ३० वर्षपछाडी धकेलिइसकेका छौँ ।नेपाल एक सुन्दर र उज्ज्वल भविष्य भएको देश हो। जसरी हामीले हाम्रो अमुल्य २० वर्षलाइ खेर फाल्यौं,अब त्यसरी खेर नफालौं। देशमा समृद्धी बहालीका लागि सबैले यस निर्वाचनमा भाग लिऔं र एक असल र योग्य उमेद्वारलाइ छानेर जिताऔं। अहिलेको सरकारका गतिविधिहरुलाइ मुल्यांकन गर्ने हो भने पनि पहिले हामीले असल व्यक्तिलाइ जिताउन सकेका भए त्यो अवस्था आउने थिएन। अब त्यो समयको सदुपयोग गर्न सम्पुर्ण मतदाताहरुलाइ आग्रह गर्न चाहान्छु।

    अन्तमा : मैले जति कुरा राखे ती हामीले कार्यान्वयन गर्न सक्यौ भने त्यसले सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको यात्रा पुरा हुनेछ । यी सबै कार्य पुरा गर्न र मुलुकलाई आर्थिक समृद्धिमा लैजान “सभ्य समुन्नत तथा स्वाबलम्बी समाज निर्माणमा हाम्रो अभियान ” बिकासप्रेमी , मिलनसार , समाजसेबी , प्रखर बक्ता तथा युवा नेता , निति निर्माण तहमा कार्य गर्न सक्षम , कुशल नेतृत्व गर्न सक्ने क्षमता भएका नेपाली कांग्रेस, गोर्खा जिल्लाको सिरानचोक गाउपालिकामा प्रमुख पदका दाबेदार उमेद्वार अधिबक्ता श्री राजु गुरुङलाई मत दिएर विजयी गराउनु हुन जनतामा हार्दिक अनुरोध र अपिल गर्दछु । –

    मिति २०७४ साल बैशाख १९ गते सोमबार |

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here