अटो गतिविधी

मोटरहेड बाईक अब दुलेगौँडामा

तनहुँ, अशोक विश्वकर्मा, बिहीबार, ५ साउन २०७९ । मोटरहेड ब्राण्डका नयाँ बाईकहरु अब तनहुँको दुलेगौँडा बजारमा नै उपलब्ध रहेको छ ।

विना सर्भिसिङ सर्वाधिक दुरीमा गुडेर विश्व किर्मीमान गरेको मोटरहेड बाईकको शोरुम दुलेगौँडाका विजय थापाले सञ्चालनमा ल्याउनु भएको हो । ग्रामिण क्षेत्रका लागि अति उपयुक्त हुने मोटरहेडका बाईकले ग्राहकलाई आकर्षित गराउदै जान थालेको सञ्चालक थापाले जानकारी दिनुभयो ।

उहाँले अन्य बाईकको तुलनामा यो बाईक तुलनात्मक रुपमा सर्वसुलभ र टिकाउ रहेको दाबी गर्नुभयो । ‘स्कुटरको मुल्यमा त यो वाईक नै आउँछ’ थापाले भन्नुभयो, ‘नेपालका २० शहरमध्ये दुलेगौँडामा पहिलो पटक सेवा प्रदान गरिएको हो ।’ उहाँका अनुसार यो बाईकको सात वटा प्रकार बजारमा पाईन्छ ।

तीन लाखदेखि चार लाख ५० हजारसम्म मुल्य रहेका मोटरहेडका बाईकहरु यस क्षेत्रका ग्राहकहरुलाई उपयुक्त रहेको छ ।

चिनमा उत्पादन भएको यो कम्पनीका बाईकहरुको मर्मतका लागि समेत आवश्यकका सामाग्रीहरु सहजै प्राप्त गर्न सकिने भएकाले ग्राहकको रोजाईमा बृद्धी भएको हुनसक्ने सञ्चालक थापाको विस्वास छ ।

अधिकांश अन्य कम्पनीका बाईक चढ्नेहरुहरुले साटफेरका लागि आउने गरेको जानकारी दिदै छिट्ट ब्यवस्थापन पक्षलाई प्रभावकारी बनाएर सेवा दिने तयारी थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.