गीता लम्साल भट्ट

काठमाडौँ, २ भाद्र २०७७ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँने गर्दछन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै उनले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ ।

तीज शव्द नै काफी छ, कि महिलाहरूको लागी कति महत्त्वपूर्ण छ भन्ने कुरा ! बर्ष दिनमा एकपटक आउने चाड हिन्दु महिलाहरूको लागी एउटा उपहारकै उपज हो भन्न सकिन्छ ।

नेपाली हिन्दू महिलाहरू दु:ख पिडा भुलेर भगवान शिवको पुजा-आरधान गरि नाचगान गर्ने गर्छन् । सायद यो साल पहिलेको तीज जस्तो अहिलेको वर्षको तीज नहोला ! यस बर्ष बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) का कारण विश्व नै अस्तव्यात भएको बेला नेपाल पनि अछुतो रहन सकेन् ।

नेपालमा पनि कोरना भाइरसको महामारी व्यापक रूपमा फैलिएको छ । घरबाट बाहिर निस्किने अवस्था छैनv। त्यसकारण, यसपाली नेपाली चेलीहरूलाई तीजको रमझमले छोएको छैन । नेपालमा मात्र नभई परदेशमा रहने चेलीहरूमा पनि तीजको रमझम खासै देखिएको छैन ।त्यसमध्यमा, म पनि एक पर्दछु ।

लामो समयको विदेश बसाईंपछि नेपाल आएकी म, मनमा धेरै हर्ष र खुसी बोकेर नेपाल आएको थिए । आमाको हातले पकाएको मिठो दर खाएर, आमाको हात समाएर छमछम नाच्ने रहर काठमाडौको कोठा भित्र नै बित्ने भयो । बर्षौदेखि भेट्न नपाएको बुबाआमा ,दिदीबहिनी, दाजुभाई, साथीसंगीसंग हात समाएर नाच्ने गाउने सपना अधुरो नै रहने भयो । रातो साडी लगाएर सबैसंग रमाउने धोको अधुरो हुने भयो । यो बर्ष माइती घर जान नपाइ आमालाई सम्झेर तीज मनाउने बाध्यता पर्यो के गर्नु “स्वस्थ नै ठुलो धन हो “रोगको सामु कसैको केही लाग्दैन ।

कोरोना भाइरसका कारण बिश्वमा लाखौले ज्यान गुमाई सकेका छन् । लाखौ जीवन मरणको दोसाधमा लडिरहेका छन । त्यसकारण, हामी जो  जहाँ छौ, त्यही सुरक्षित भएर बस्नुहोला ।  एकदिनको रमाईलोले जिबनभरी पछुताउनु भन्दा यो वर्ष सुरक्षित बसेर अर्को सालको तीजमा मज्जाले रमाईलो गरौला ।

अति आवस्यक काम नपरी घरभन्दा बाहिर नजानुहोला ।  यदि निस्किन परेको खण्डमा मक्स र सेनिटाईजरको प्रयोग गर्नुहोला । काम गरिसकेपछि साबुन पानीले राम्रोसंग मिचिमिची हात धुनुहोला “स्वस्थ नै ठुलो धन हो “Stay home stay safe.

सम्पूर्ण नेपाली बुबाआमा, दिदीबहिनी, दाजुभाईमा हरितालिका तीजको धेरै धेरै शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here