काठमाडौं, आइतबार, ४ असोज २०७७ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

आज आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरब इमरेट्स (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो ।

मन्त्री भट्टराईले कोरोना भाइरस (कोभिड-१९) को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रशंसा गर्दैं आगामी दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गर्न भयो ।

राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गर्नुभएको थियो । सोही सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here