ललितपुर, मंगलबार, १६ मङ्सिर २०७७ । विश्वको पहिलो वातावरण रेडियो ” रेडियो पर्यावरण १०४.२ ” मेगाहर्जको सञ्चालक संस्था युवा जागरण पर्यावरणीय मञ्चले २६ औ वार्षिकउत्सब तथा २६ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभाबाट डा: अष्टमान किसि महर्जनको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती गठन गरिएको छ ।
जसमा उपाध्यक्षमा दिलिप प्रसाद दाहाल, सचिबमा दयाराम सैजु , कोषाध्यक्षमा गोमा पाण्डे, सह-सचिबमा सुनिल महर्जन चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमा जितेन्द्र महर्जन, राजेन्द्र महर्जन, राम राना मगर, कृष्णहरि महर्जन, विष्णु कुमार माझी, विजय राई, राजु महर्जन, रितिक लामा सर्वसहमत रूपमा चयन हुनु भएको छ ।
साथै, अनुगमन समितिमा दिपेन्द्र श्रेष्ठ, सादुराम खैजु, बम बानिया, राम कृष्ण महर्जन ,बटुकृष्ण कार्की रहनु भएको छ ।
सल्लाहकारमा बद्री प्रसाद सिवाकोटी तथा प्रवक्तामा नवराज सञ्जेल चयन गरिएको छ ।