February 24, 2024
राजनीति समाचार

युवा संघको आन्दोलन सरकारको खबरदारीका लागि : नेता भानुभक्त ढकाल

काठमाडौँ, बिहिबार, ७ मङ्सिर २०८० । नेकपा (एमाले)का नेता भानुभक्त ढकालले युवा संघको आन्दोलन दुर्गा प्रसाईं एउटा व्यक्तिविरुद्धको नभएको दाबी गरेका छन् ।

पार्टीको भ्रातृ संगठन युवा संघको आयोजनामा बिहीबार काठमाडौंको तीनकुनेमा भएको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै उनले कार्यक्रम सरकारको खबरदारीको लागि भएको बताए । “एमाले सदा राष्ट्र, राष्ट्रियता, जनताको पक्षमा छ । यो कुनै व्यक्ति विशेषविरुद्धको होइन । सरकारको खबरदारीको लाागि गरेका छौँ । व्यक्तिको पछि लागेका होइनौं,” उनले भने ।

जनसंगठन संयन्त्र समिति संयोजक समेत रहेका उनले आफूहरूले संयमता अपनाएको भन्दै एमालेमाथि भएको आक्रमण भोलिका दिनमा टुलुटुलु हेरेर नबस्ने भन्दै चेतावनी दिए ।

“गलत मान्छेको नाम एकादशीका दिन उच्चारण गर्न उचित हुँदैन,” उनले भने । ढकालले एमाले हारेका कारण राष्ट्र, संघीयता हार्ने समेत उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *