काठमाडौँ, मंगलबार, ५ मङ्सिर २०८० । नेकपा एमालेको युवा र विद्यार्थी संगठनहरुले मंसिर ७ को पूर्व निर्धारित कार्यक्रम काठमाडौँको तिनकुनेमा गर्ने निर्णय लिएको छ ।
माइतीघरमण्डलादेखि बानेश्वरसम्म सरकारले आजै साँझदेखि लागु हुने गरि एक महिनाकालागि निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले काठमाडौंको तिनुकेनमा आफनो कार्यक्रम गर्ने घोषणा गरेको हो ।
राष्टिय युवा संघका अध्यक्ष क्षितिज थेवेले केही बेर अगाडी बक्तब्य जारी गरेर कार्यक्रम तिनकुनेमा गर्ने जानकारी दिनुभयो ।
सरकारले माइतीघरमण्डला देखि बानेश्वरसम्म निषेधाज्ञा जारी गरेकोले पूर्व निर्धारित कार्यक्रम सार्नु परेको थेवेले वक्तब्यमार्फत जानकारी गराएका छन् ।
उता दुर्गा प्रसाईंले भने कार्यक्रम स्थलका बारेमा आज बेलुका सम्म जानकारी गराउने बताएका छन् ।
