काठमाण्डौँ, शुक्रबार, २३ जेठ २०७७ । यूएईबाट नेपाली लिएर आएको एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१ जहाज काठमाण्डौ विमानस्थलमा ओर्लिएको छ ।

जहाज एक सय ६८ जना यात्रु र एकजना बच्चा गरी १ सय ६९ जना लिएर ५ः४० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोनाको कारण समस्यामा परेका नेपालीलाई यूएई सरकारले जहाज चार्टड गरेर नेपाल पठाएको हो । उक्त विमानबाट एक जना नेपालीको शव पनि नेपाल ल्याइएको छ ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल फर्किएको भनिए पनि विमानस्थलले भने एकसय ६८ जना यात्रु रहेको जनाएको छ ।

यूएईबाट नेपाल आएका सबै नेपाली यात्रुहरुले कोरोनाको पोलिमरेज चेन रियाक्शन (पीसीआर) जाँचको प्रमाणपत्र लिएर आएको बताइएको छ । नेपाल भित्रिनका लागि सबैभन्दा पहिलो स्वास्थ्य मापदण्ड अन्तरर्गत पीसीआर जाँच प्रमाणपत्रलाई लिइएको छ । नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो ।

यसअघि म्यानमारबाट ल्याएका २६ जना नेपालीलाई वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखि क्वारेन्टाइनमा अपनाउनुपर्ने उपायहरुको सामान्य जानकारी दिई होमक्वारेन्टाइनका लागि पठाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here