काठमाडौं, मंगलबार, १३ साउन २०७७ । गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ नेपाल) को २४ औं वार्षिक साधारण सभाको मिति घोषणा भएसँगै पर्यटन बजारमा भावी नेतृत्वका लागि चुनाबी माहोल तातिएको छ ।

गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ नेपाल) को नेतृत्वका लागि आफुलाई अहिलेसम्म अब्बलका रुपमा ४ जनाले दाबेदार प्रस्तुत गर्नु भएको छ । चार जना दाबेदारमध्य एक जना मात्र महिला प्रतिनिधिको उम्मेद्वारी रहेको छ ।

विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील जस्फा इण्टरनेशनल ट्राभल एण्ड टूर्स प्रा.लि की प्रोपाइटर एबं ग्रामीण पर्यटन प्रबर्द्वन मञ्चकी महासचिव जस्फा पाण्डेले आर्थिक रुपमा समृद्ध बनाउन, ग्रामिण क्षेत्रको बिकाश गर्न, पर्यटन क्षेत्रलाई बहुआयामिक रुपमा बिकाश गर्ने उदेश्यका साथ आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनु भएको छ ।

पर्यटन क्षेत्रमा क्रियाशील पाण्डे सदस्य पदमा रहेर २ वर्ष, सचिब पदमा रहेर २ वर्ष र महासचिव पदमा रहेर २ वर्ष कार्य गरी सकेको आजको अवस्थामा ग्रामिण पर्यटन विकासका लागि संस्थालाई गतिलो नेतृत्व चाहिएको अवस्थामा आफु पूर्ण रुपमा सफल रुपमा कार्य सम्पादन गर्ने र समान रुपमा संस्थालाई अघि बढाउँन आफूले उम्मेद्वारी दिएको बताउनु भयो ।

चार जना दाबेदारमध्य एक जना मात्र महिला प्रतिनिधि जसमा पनि लामो समयको अनुभब, सफल कार्य सम्पादनको आधारमा ‘म हार्नु पर्ने कुनै कारण छैन । म सँग योग्यता, क्षमता र कार्य सम्पादन अनुभव भएको हुदाँ म अध्यक्ष पदका लागि योग्य छु ’ जस्फा पाण्डेले भन्नुभयो ।

मञ्चको आगामी नेतृत्वका लागि १ महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरिसकेका छन् ।

दुइ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व सहित भिटोफ नेपालको साधारण सभा साउन १५ गते हुदैँ आएकोमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले भदौ १५ गते हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here