February 24, 2024
आइपीएम फ्लोअप

रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम ईटहरीमा शुरु

काठमाडौँ, आइतबार, १७ मङ्सिर २०८० । रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

नेपाली सेनाको संगठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका एवं मूख्य गतिविधिहरुबारे जानकारी गराउने उद्देश्यले आजदेखि पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका विभिन्न जिल्लाहरुमा कार्यरत विभिन्न मिडिया हाउसहरुमा आवद्ध २० (बीस) जना सञ्चारकर्मीहरुको सहभागितामा ४ (चार) दिने रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP) श्री पूर्वी पृतना हे.क्वा., ईटहरीमा शुरु भएको हो ।

कार्यक्रमको थालनी गर्दै जनसम्पर्क तथा सूचना निर्देशक, सहायक रथी कृष्ण प्रसाद भण्डारीले समग्र सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुबाट नेपाली सेनालाई भईरहेको सहयोग र सदभावका लागि नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्दै राष्ट्र, राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय एकता, विकास र शान्तिका लागि सेना र सञ्चार जगत विच मर्यादित एवम् व्यवसायिक सम्बन्ध कायम भईरहनु पर्ने बताउनु भयो ।

त्यसै सिलसिलामा, पूर्वी पृतनाका विविध गतिविधिहरुबारे जानकारी गराउंदै पृतनापति उपरथी श्री आश बहादुर तामाङ, पिएच डि ले नेपाली सेनाका संबिधान प्रदत्त जिम्मेवारी सम्पादनका क्रममा आम जनतालाई सुसूचित गरेर राष्ट्रिय एकताको प्रवर्ध्दन लगायत राष्ट्रहितहरुको सम्बर्ध्दनका क्षेत्रमा पत्रकारहरुले विना बर्दिको सिपाहीको भूमिका खेल्ने कुरा बताउनु भयो ।

साथै, उहाँले संवेदनशील विषयहरुमा समाचार सम्प्रेषणगर्दा सञ्चारकर्मीहरुको सजगताले नै सकारात्मक वा नकारात्मक प्रतिफल हासिल हुने तर्फ विचार पुर्‍याउन सहभागीहरुलाई आव्हान गर्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तब्य र जिम्मेवारीहरुको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ । सहभागिहरुलाई कोशी टप्पु बन्यजन्तु आरक्षको भ्रमण गराउने योजना रहेको छ ।

उक्त कार्यक्रममा रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *