ललितपुर, मंगलबार, १६ बैशाख २०७७ । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) र नेपाल रक्त संचार सेवाको संयोजकत्वमा तथा सोलुसन समाज र लाईन्स क्लव अफ काठमाडौं 325 A1 को सह्कार्यमा रगतको अभाव हुन नदिन गोदावरी नगरपालिका वडा न २ मा आकस्मिक “घरदैलो रक्तदान अभियान” हुने भएको छ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण मानिस घरमै बस्न थालेपछि रगत अभाव नहोस् भनेर घरदैलो रक्तदान अभियान संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

सरकारले नै अति आवश्यक बाहेकका शल्यक्रिया अहिले नगर्न निर्देशन दिए पनि नियमित डायलासिस, सुत्केरी र आकस्मिक शल्यक्रिया गर्नुपर्दा रगतको समस्या हुने गरेको हो । सामान्यतया, अरु बेलामा तीन सय ५० देखि चार सय पिन्ट रगत माग हुने गरेकोमा अहिले भने माग घटेको छ ।

(कोभिड १९) “आकस्मिक घरदैलो रक्तदान अभियान” कार्यक्रम तालिका

आयोजक : नेपाल रेड्क्रस सोसाइटी, गोदामचौर र ब्लोदान, ललितपुरको सहकार्यमा
मिति : २०७७ साल बैशाख १८ गते बिहीबार
समय : बिहान १० बजेदेखी ११ बजेसम्म
स्थान : गोदावरी नगरपालिका वडा न २, गोदामचौर, ललितपुर ।

आयोजक : ब्लोदान गोदावरी नगर समिति – २ ललितपुर ।
मिति : २०७७ साल बैशाख १८ गते बिहीबार
समय : दिउसो १२:३० बजे देखि
स्थान : गोदावरी नगरपालिका वडा न २ बिशंखु, ललितपुर ।

सहजीकरणका लागि

साधुराम महर्जन 9851085812
बेवी राज भण्डारी 9844292068
प्रचन्द , 9801087296

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here