December 11, 2023
खेलकुद

रजत विजेता एरिका र प्रशिक्षक कुशललाई एसएस फाउन्डेसनको नगदसहित सम्मान

काठमाडौँ, सोमबार, २७ कात्तिक २०८० । एसएस फाउन्डेसनले १९औं एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरूङ र प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ।

फाउन्डेसनले घट्टेकुलो सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीसँगको सहकार्यमा नगद जनही ३१ हजार रूपैयाँले सोमबार सम्मान गरेको हो । दुवैलाई राष्ट्रिय प्रजातान्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले नगद हस्तान्तरण गर्नुभयो । फाउन्डेसनका संरक्षक शोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले नेपालको इज्जत बढाएको सम्मान गरिएको बताउनु भयो ।

कार्यक्रममा दोलखाली पत्रकार समाजको अध्यक्षमा निर्वाचित भएका ज्ञानेन्द्र कार्कीलाई बधाई तथा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *