काठमाडौँ, शुक्रबार, १२ बैशाख २०७७ । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहिले घरमै बसेर नमाज पढ्नुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले कोरोनाको माहामारी बढ्दै गएको अवस्थामा मुस्लिम समुदायका व्यक्तिले मस्जिदमा नगइ घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको हो ।

भोलि (शनिबार) देखि रमजान पर्व शुरु हुन लागेको उल्लेख गर्दै आयोगका अध्यक्ष अन्सारीले विशेष नमाज पनि घरमै पढ्न आग्रह गर्नुभयो ।

साथै, मस्जिदमा बस्दै आउनु भएका जो कोहीको पनि स्वाब टेस्ट गराउन छुटेको भए जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । ‘हरेक जिल्लामा रहेका अनुगमन समिति र स्वास्थ्यकर्मी गएर स्वाब टेस्ट गर्न सहयोग गरेकोमा स्वास्थ्य मन्त्रालयलाई आभार व्यक्त गर्दछु,’ ‘यदि अहिले पनि कोही छुटेका वा फसेका छन् भने प्रशासन कार्यालयमा गएर सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।’ उहाले भन्नुभयो ।

बिहीबार र शुक्रबार काठमाडौं उपत्यकामा रहेका धर्मगुरू र केही कर्मचारीहरू सबैको स्वाब चेक गराइसकेको उहाले जानकारी दिनुभयो |

आयोगले जमातीका अगुवाहरूसँग कुराकानी गरी सम्पूर्ण विवरण लिइसकेको जानकारी दिनुभयो । ‘जमातीका अगुवाहरूलाई बोलायौं र सबै डाटा संकलन गर्‍यौं,’र ,’सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य, गृह मन्त्रालयमा डाटा बुझाइसकेको अवस्था छ’ भन्नुभयो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here