काठमाडौँ, शुक्रबार, २३ जेठ २०७७ । कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गर्नु भएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै रुपमा गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण लकडाउनबाट उत्पन्न समस्याबाट केहि राहत स्वरुप दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

सदस्य-सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here