Saturday, March 6, 2021
More

    राडी बजारमा कांग्रेस-नेकपा कार्यकर्ताबीच झडप, अनिश्चितकालीन निषेधाज्ञा

    रुकुमपश्चिम, ६ माघ २०७७ । राडी बजारमा कांग्रेस र नेकपा (प्रचण्ड–माधव) समूहका कार्यकर्ताबीच झडप भएको छ । दिनभरजसो झडप भएपछि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

    आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा नेकपा र कांग्रेस कार्यकर्ताबीच दिनभर झडप हुँदा तनावको स्थिति सिर्जना भएको छ ।

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका छन् । पूर्वमा घारीखोला, पश्चिमा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजे क्षेत्रबाट राडीबजार प्रवेशमा रोक लगाएको छ ।

    मंगलबार दिनभर राडी बजार क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले नौं राउण्ड हवाई फायर समेत गरेको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here