February 24, 2024
खेलकुद

रामेश्वरी मा वि ले हात पार्यो प्रथम शहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्डको उपाधि

गोरखा, मंगलबार, ३ पौष २०८० । प्रथम शहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा ५ स्वर्ण ,६ रजत र ६ कास्य पदक सहित रामेश्वरी माध्यमिक विद्यालयले प्रथम शहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएको छ ।

साथै ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ शहिद स्मृति माध्यमिक विद्यालय दोश्रो र ४ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ सिंजाली माध्यमिक विद्यालय तेश्रो हुन सफल भएको छ ।

भलिबल खेलतर्फ सर्वोत्कृष्ठ छात्रः विपिन थापा (भगवती हिमालय मा.वि.), सर्वोत्कृष्ठ छात्रा: स्मृती सुनार (जलदेवी मा. वि .) साथै, समग्र प्रतियोगिताको सर्वोत्कृष्ठ छात्राः रासिका श्रेष्ठ (सिंजाली मा.वि.) र समग्र प्रतियोगिताको सर्वोत्कृष्ठ छात्रः रविन परियार (रामेश्वरी मा.वि) र सविन श्रेष्ठ (शहीद स्मृती मा. वि .) भएका छन् ।

प्रतियोगिताको गण्डकी प्रदेश सामजिक बिकास तथा स्वास्थ्य मन्त्री माननीय सुसिला सिम्खडाले प्रमुख आतिथ्यतामा शहिद लखन गाउँपालिका प्रमुख रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँपालिकाको खेल मैदानमा एक कार्यक्रमका बिच उद्घाटन पछि खेल सुरु भएको थियो ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र श्री हिमाली माध्यामिक विद्यालयको सह-आयोजना रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *