काठमाडौं, मंगलबार, २ भाद्र २०७७ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे ।

लामाे समयदेखि स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिनादेखि अक्सिजन दिएर घरमा नै उपचार गरिएको थियो । केहि समय हस्पिटलको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो ।

राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here