काठमाडौं, शुक्रबार, १२ बैशाख २०७७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले जारी गरेका २ अध्यादेश खारेज गर्नु भएको छ । आज शुक्रबार राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेका २ अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीबाट संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश खारेज गरिएको छ । गत बैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

विवाद बढ्दै गएपछि आज शुक्रबार मन्त्रिपरिषद्को बैठकबाट दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here