February 24, 2024
कानुन

राष्ट्रपतिद्वारा सर्वोच्चमा छ जना न्यायाधीश नियुक्त

काठमाडौँ, बुधबार, ४ पौष २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गर्नु भएको छ ।

नियुक्त हुनेहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको हो ।

उहाँहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *