February 24, 2024
राजनीति समाचार

राष्ट्रियसभा उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, शुक्रबार, २० पौष २०८० । नेकपा एमालेले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा आज शुक्रबार दिउँसो १२ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनु भयो ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गर्नु भएको थियो ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *