Monday, March 1, 2021
More

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अधिबेशन हुदैँ, नयाँ सदस्यता वितरण सुरु

    ललितपुर, मंगलबार, २० माघ २०७७ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आज १२ औ वार्षिक उत्सब मनाएको छ ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक एबम नि-बर्तमान अध्यक्ष गोबिन्द गिरीले १२ औ वार्षिक उत्सबको अवसरमा संस्थालाई आगामी दिनमा अझ ससक्त रुपमा अगाडी बढाउन हौसला प्रदान गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

    सोही अवसरमा संस्थाको अधिबेशन चाडै नै हुने जानकारी दिनु हुदैं अध्यक्ष हरि बल्लभ नेपालले आजदेखि नयाँ सदस्यता वितरण सुरु गरिएको र फागुन २० गते सम्म नयाँ सदस्यताको लागि फारम भर्न सकिने बताउनु भयो । रेडियो, टेलिभिजनम अनलाइन तथा पत्र-पत्रिकामा आबद्ध भएका सञ्चारकर्मीले नयाँ सदस्यता लिन सकिने अध्यक्ष हरि बल्लभ नेपालले बताउनु भयो ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको केन्द्रिय कार्यालय अनामनगरमा बसेको कार्यसमितीको बैठकले नयाँ सदस्यता खुल्ला गरिएको जनाएको हो ।

    गत बैशाख २० गतेका लागि निर्धारण गरिएको अधिबेशन बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) का कारण स्थगित भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here