February 24, 2024
निर्वाचन गतिबिधि

राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

काठमाडौँ, आइतबार, १९ पौष २०८० । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा उम्‍मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । आइतबार आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा खर्च गर्न पाउने हदबारे जानकारी दिएका हुन् ।

उम्मेदवारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमानवली, २०७६ को नियम ४६ (१) सँग सम्‍बन्धित अनुसूची-१ ले ३ लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ ।

उम्मेदवारले उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोग प्रवक्ता पौडेलले बताए ।

खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोलेर त्यही खाताबाट मात्रै खर्च गर्न पनि आयोगले निर्देशन दिएको छ । र, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *