February 24, 2024
निर्वाचन गतिबिधि

राष्ट्रिय सभा चुनाव : कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौँ, बिहिबार, ११ माघ २०८० । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।

सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपका राजेन्द्र लिङ्देनसँग पराजित सिटौला यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *