काठमाडौँ, शुक्रबार, १२ बैशाख २०७७ । बन्दाबन्दीका समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना गरिएको जनाएको छ ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो । उहाका अनुसार काठमाडौं, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले पचास हजार जरिवाना गरिएको छ ।

त्यसैगरी, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत रु ५०–५० हजार जरिवाना गरिएको छ ।

इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट रु पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here