काठमाडौँ, सोमबार, २६ जेठ २०७७ ।

  • तापक्रम बढ्दै जाने र मौसम पनि बदली भइरहने हालको समयमा पशुहरुमा जुम्रा, उपिँया, किर्ना, भुसुना जस्ता बाह्य परजीवीहरुको प्रकोप बढ्दै जाने हुँदा आफ्ना पशुवस्तुहरुको नियमित अनुगमन गर्नुहोस् । यस्ता बाह्य परजीवीहरुको प्रकोप धेरै भएमा क्लीनर, बुटोक्स, नोटिक्स, एमिटाज, इक्टोसिस जस्ता औषधिहरु सिफारिस गरिएको मात्रामा पानीमा घोलेर पशुवस्तको शरीरमा दल्नुका साथै खोर-गोठमा पनि राम्रोसँग छर्कनुहोस् ।
  • हालको प्रतिकूल कोरोना भाइरस (कोभिड-१९) का कारणले लकडाउन भएको समयमा पशुवस्तुहरुलाई खुवाउने दानाहरुको अभाव हुन सक्ने र पशुजन्य उत्पादनहरु बजारिकरण गर्न समस्या हुनसक्ने भएकोले आफूसँग मौज्दातमा रहेको कच्चा पदार्थ, दाना र औषधीहरुलाई विवेकपूर्वक प्रयोग गर्नुहोस । पशुवस्तुहरुलाई बाँच्नको लागि मात्र चाहिने दाना (Maintenance Ration) दिने गर्नुहोस् । हरियो घाँसपातको जोहो गर्न सम्भव भए वयस्क पशुहरुलाई घाँस मात्र दिई साना र गर्भवती पशुहरुलाई दाना पनि दिनुहोस् ।
  • लकडाउनका कारण हालको प्रतिकूल समयमा दुध उत्पादनमा रहेका पशुहरुलाई दानाको अभाव भएमा स्थानीय रुपमा पाईने अन्न, दलहन बालीका खोस्टाहरु (by-products) र तेलहन बालीका पिनाहरुको प्रयोग गरि दाना बनाई खुवाउनुहोस् । यसका लागि मकै ३० भाग, तेलहन बालीको पिना २० भाग, धानको ढुटो ३० भाग, गहुँ वा गेडागुडीको भुस २० भाग र नून एक-दुई मुठ्ठी मिसाई न्यूनतम आवश्यकताको दाना बनाउनुहोस् । यसमा पानीमा भिजाईएको ४-५ ईन्च लामो हुने गरि काटिएको पराल वा छ्वाली पनि मिसाई खुवाउनुहोस् ।
  • भर्खरै काटिएको गहुँको भुसा र दलहन वाली जस्तै- मुसुरो, अरहर र मासका खोस्टाहरु पनि पशुहरुलाई खुवाउनको लागि राम्रो हुने हुँदा उचित रुपमा भण्डारण गरि राख्नुहोस् ।
  • भर्खरै व्याएका वा दूधालु पशुहरुलाई पूर्णरुपमा दूध ननिखारी दुहुनाले थुनेलो भई फाँचो (कल्चौडो) नै बिग्रन सक्ने हुँदा बजारिकरण गर्न नसकिएपनि दूध सबै निखारेर दुहुनुहोस् । दूधका अन्य परिकारहरु बनाई प्रयोग गर्ने वा भण्डारण गर्नेतर्फ पनि सोच्नुहोस् ।
  • दिउँसोको तापक्रम बढ्दै गईरहेको हुँदा पशुहरुलाई पर्याप्त मात्रामा सफा र ताजा पानी उपलब्ध गराउनुहोस् ।
  • पशुहरुमा किर्नाको टोकाईबाट लहुमुते रोग (प्राय: कफी रंगको वा रातो रंगको पिसाव फेर्ने; उक्त पिसाव आधा घण्टा जति सफा टेस्टट्यूव/ शिसाको गिलासमा नहल्लाई राख्दा सतहमा रगत नजम्ने) सर्ने भएकोले यसबाट पशुहरुलाई बचाउन बुटक्स औषधि २ एम.एल. प्रति लिटर पानीमा मिसाई पशुको शरीर भरि दल्नुहोस् ।
  • गाई, भैँसी, भेडा, बाख्रामा खोरेत, चरचरे र एन्थ्राक्स (पटके रोग) तथा भेडा, बाख्रामा पिपिआर विरुद्ध खोप लगाउने समय भएकोले नजिकैको प्राविधिकसँग सम्पर्क गरि आफ्नो पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्। पशुवस्तुहरुलाई दिउँसोको समयमा खोप नलगाई साँझ/बिहानको समयमा मात्र लगाउनुहोस् ।
  • पि.पि.आर. रोग लागेका बाख्राको आँखा, नाक, मुख (थुतुनो) मनतातो पानीमा सफा कपास भिजाई दिनमा २ पटक ५% बोरो-ग्लिसिरिनले सफा गर्नुहोस्। सहायक (Secondary) संक्रमण भएमा अक्सीटेट्रासाइक्लिन वा सेफ्ट्रिएक्जोन समूहका औषधी प्रयोग गर्नुहोस् ।
  • माउवाख्रा मरेमा वा दुध कम आएमा गाईभैंसीको दुध अथवा निम्न अनुसारको झोल बनाई पिलाउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here