गोरखा, १९ चैत २०७६ । सरकारले लगाएको लकडाउनलाई प्रभावकारी बनाउन गोरखाको जौवारीका स्थानीय लागि परेका छन् । सिरानचोक गाउँपालिका ८ जौवारीमा २९ वटा प्रतिकार्य समूह बनाइएको छ ।

सिरानचोक गाउँपालिकाको निर्देशन अनुसार उक्त वडाका सबै बस्तीलाई समेटेर समिति बनाइएको हो । ‘समिति निर्माण गरी उहाँको जिम्मेवारी र कोरोना भाइरसको संक्रमण रोक्न आवश्यक सचेतना गराएका छौं,’ वडा अध्यक्ष झटकप्रसाद दवाडीले भन्नुभयो, अब उहाँहरुले आफ्नो जिम्मेवारीमा रहेका गाउँ तथा टोलको निग्ररानी राख्नुहुन्छ ।’

दुई महिला र दुई पुरुष सम्मिलित ४ जनाको समितिले आफ्नो गाउँको निग्ररानी गर्नेछ । कोही कसैले उंघलन गरे सम्झाई बुझाई गर्ने र अटेर गरे वडा कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ ।

सिरानचोक गाउँपालिका वडा न ८ जौवारीले लकडाउन अबधी भर जरुरी काम बाहेक बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेको छ । विदेशबाट घर आएका सर्वसाधरणलाई पनि १४ दिनसम्म सुरक्षित साथ घरमै बसिदिन आग्रह गरिएको वडा अध्यक्ष दवाडी जानकारी दिनुभयो ।

केही समस्या परेमा प्रतिकार्य समिति र वडा कार्यालयमा सिधै सम्पर्क गर्न समेत आग्रह गरिएको छ । सरकारले आइतबार लकडाउनको अवधि बढाएर २५ गते राती १२ बजेसम्म पु¥याएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना रोगको संक्रमण भएको पुष्टि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here