गोरखा, बुधबार, २१ जेठ २०७७ । सरकारले गरेको लकडाउन र बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको आजको जटिल परिस्थितिमा गोरखामा लकडाउन खुकुलो हुने भएको छ । लकडाउनलाई सफल बनाउन सरकारले ७ औ पटक लकडाउनको समय थप गरी जेठ ३२ गतेसम्म पु¥याएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘गृहको निर्देशन र सबै पक्षको सुझावलाई मध्यनजर गरेर केही खुकुलो बनाउने नीति लिएका छौं,’ ‘यसको अर्थ सबै खुल्यो भन्ने होइन, आवतजावतको विषयमा साबिककै निर्णय कायम छ । बैंक तथा वित्तिय संस्था र अत्यावश्यक सामाग्री ढुवानीलाई थप सहज मात्र बनाइएको हो ।’ उहाँले भन्नुभयो ।

साथै, राष्ट्रिय वाणिज्य बैंक अब हरेक दिन खुल्ला रहने छ । अन्य बैंक वित्तिय संस्था र बिमा कम्पनीहरु भने आइतबार, मंगलबार र बिहीबार बिहान १० बजे देखि ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सामाजिक दुरी समेत कामय गरेर सेवा दिन बैंक तथा वित्तिय संस्थालाई आग्रह गरिएको छ ।

स्वास्थ्य सामाग्री, खाद्यन्न, तरकारी , फलफल र कृषि तथा पशुजन्य लगायत अत्यावश्यक सामाग्री ढुवानी लागि यस अघि निर्धारण गरिएको समय सिमा पनि खारेज गरिएको प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here