काठमाडौँ, बुधबार, २४ बैशाख २०७७ | सरकारले हाल जारी लकडाउनलाई निरन्तरता दिँदै जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो ।

दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो ।  चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । पछिल्लो पटक घोषित लकडाउन २५ वैशाखसम्म छ ।

नेपालमा हालसम्म कोरोनाका संक्रमितको संख्या ८२ पुगेको छ। यीमध्ये २२ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here