Thursday, February 25, 2021
More

    लमजुङको विद्युत् उत्पादन आधा घट्यो

    लमजुङ, आइतबार, १९ पुस २०७७ । लमजुङमा विद्युत् उत्पादन घट्न थालेको छ ।

    जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ ।

    आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दा हाल ३४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार साहले बताउनुभयो ।

    साहका अनुसार पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै घट्ने क्रममै छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । आयोजनामा विगतको वर्षमा उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

    त्यसैगरी, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका उत्पादनसमेत घट्न थालेको छ । केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत् घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ । बर्सेनि विद्युत् उत्पादन घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।

    जिल्लाका पाँच मेगावाटको सिउरी, ४ दशमलब ४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here