Monday, March 1, 2021
More

    लमजुङमा कोभिड-विरुद्धको खोप लगाएका मध्ये १७ जनामा समस्या

    लमजुङ, शनिबार, २४ माघ २०७७ । कोभिड विरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २ सय ६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताउनु भयो।

    उहाँका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्यवसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।

    स्वंमसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिनुभयो ।

    उहाँहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यसैगरी, अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here