ललितपुर, शुक्रबार, ५ असार २०७७ । चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिनुभयो ।

हालसम्म ललितपुरका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक पुरुषको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here