May 18, 2024
समाचार समाज

ललितपुरको बुद्धि विकास मण्डलमा शेयर तालिम समापन

ललितपुर, बिहिबार, ६ वैशाख २०८१ । ललितपुरको बुद्धि विकास मण्डलमा शेयर तालिम एक समारोह बिच समापन गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं ५ को आयोजनामा वैशाख २ गतेदेखि ६ गतेसम्म शेयर तालिम संचालन गरिएको ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष बिकाश मान श्रेष्ठले बताउनु भयो । वडाका युवा, गृहिणी तथा घरमा बस्दै आएकालाई लक्षित गरी समयाको सदुपयोग गरियोस भन्ने उदेश्यले सो तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

तालिममा सहभागी भएकालाइ वडा अध्यक्ष बिकाश मान श्रेष्ठले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

सुपर डाईनमिक ट्रेनिङ्ग एण्ड एजुकेशन प्रा लि को प्राविधिक सहयोगमा ५ दिन सम्म तालिम संचलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *