काठमाडौं, शुक्रबार, १९ भाद्र २०७७ । ललितपुर जिल्लाको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

बिहिबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय युवाहरु र सुरक्षाकर्मीबीच झडप भएपछि कर्फ्यू आदेश जारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

कर्फ्यु शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङरोडभित्र कर्फ्यु घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी कर्फ्षु आदेश जारी गरिएको जनाइएको छ ।

प्रशासनले जारी गरेको सूचना भनिएको छ, “कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलि समेत हान्‍न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गरिन्छ ।”

ललितपुर जिल्ला प्रशासनले प्रशासन संक्रमणको कठिन परिस्थितिमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पुयाई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले कर्फयु आदेश जारी गरिएको छ ।”

कर्फ्यू समयावधिमा आवतजावत गर्न, भिड गर्न र जुलुश निकाल्न पूर्ण प्रतिबन्ध लगाइएको छ । यदि यी आदेश पालना नगरेको खण्डमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने बताइएको छ । सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको छ ।

शुक्रबार निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि स्थानीय र प्रहरीबीच झडपले उग्ररुप लिएको थियो। रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ ।

कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका थिए ।

बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here