ललितपुर, मंगलबार, ३० भाद्र २०७७ । ललितपुरमा कोरोना भाइरस (कोभिड-१९) अन्तर्गत समुदाय स्तरमा जनचेतना कार्यक्रम गरिएको छ ।

ललितपुर महानगरपालिका– १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत कोरोना भाइरस (कोभिड-१९) का बारेमा समुदाय स्तरमा विभिन्न जनचेतना कार्यक्रम गरिएको कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका वडा नं १६ र १९ का बिभिन्न स्थानमा कोभिड १९ लाई लक्षित गरी फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र इको\ संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद (ECHO/UNDP) को प्राविधिक सहयोगमा ललितपुर महानगरपालिको समन्यव र सहकार्यमा “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धी” अन्तर्गत समुदायमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सम्पन गर्दै आइरहेको छ |

बिश्वब्यापी महामारीको रुपमा फैकिदैं गईरहेको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न जटिल परिस्थिति र दिनप्रतिदिन बढ्दो क्रममा रहेको कोभिड-१९ को महामारीलाई प्राथमिकता राखी विभिन्न चरणमा समुदायमा विभिन्न प्रकारको कार्यक्रमहरु संचांलन गर्दै समुदायका मानिसहरुलाई जनचेतना र व्यक्तित्व विकासमा ध्यान दिन उक्त जनचेतनामुलक कार्यक्रम गरिएको कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।

जस अन्तर्गत समुदायका धार्मिक स्थलमा मानिसको आवाज-जावत हुने ठाउँमा सरसफाई, जनचेतनामुलक कार्यक्रम, किटाणु मुक्त औषधी ललितपुर महानगरपालिका– १६ र १९ को वडाभरि छर्किने काम वडाका युवा स्वयंसेवकको नेतृत्व मा सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

त्यसैगरी, लगनखेल र पाटन दरबार क्षेत्रको मंगलबजारमा र थति/ लगनखेलमा सर्बसाधारणहरुलाई कोभिड १९ बाट बच्न नियमित रुपमा हात धुन हजार लिटरको हातधुने ट्यांकी र आवश्यक हात धुने झोल साबुन वितरण गरिएको सहायक अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here