ललितपुर, मंगलबार, ३० असार २०७७ । फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र इको\ संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद (ECHO/UNDP) को प्राविधिक सहयोगमा ललितपुर महानगरपालिको समन्यव र सहकार्यमा ललितपुरमा हात धुने ट्यांकी जडान सम्पन्न गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं १६ र १९ मा संचालन भईरहेको “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धी” अन्तर्गत वडाका विभिन्न आवश्यक ठाउँमा हात धुने ट्यांकी जडान गरिएको हो ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका-१९ का वडा अध्यक्ष बिनोद ताम्राकार, वडा सदस्य राम मिया महर्जन, वडा सदस्य बुलाल महर्जन, विपद व्यवस्थापन समितिका सदस्य, वडाका महिला समुहका सदस्य लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

आजको बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) लाई लक्षित गरी अहिलेको जटिल परिस्थितिमा सरसफाईमा पनि उतिकै महत्वपूर्ण र आफैमा सचेत हुनु जरुरी रहेको छ ।

समय समयमा हात धुनु जरुरी भएकोले समाजमा मनिसहरुमा चेतना र ब्यवहारमा परिबर्तन होस् भन्ने उदेश्यले ३०० लिटर बराबरको हात धुने ट्यांकी लगायत आवश्यक सामग्रीसहित ललितपुर महानगरपालिको वडा नं १९ को अग्निशाल, बलिम्ह, मचिन्द्रबहाल, इखालुखुमा जडान गरिएको छ |

हात धुने ट्यांकी जडान पश्चात ललितपुर महानगरपालिका-१९ का वडा अध्यक्ष बिनोद ताम्राकारले साबुन पानीले हात धोएर उद्घाटन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here