ललितपुर, शनिबार, २० असार २०७७ । फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र इको\ संयुक्त राष्ट्र आर्थिक एवं सामाजिक परिषद (ECHO/UNDP) ललितपुर महानगरपालिको समन्यव र सहकार्यमा कोभिड-१९ जनचेतना तथा वातावरण सरसफाई अभियान सम्पन्न गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं १६ र १९ मा संचालन भईरहेको “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धी” अन्तर्गत कोरोना भाईरस (कोभिड-१९) जनचेतना तथा वातावरण सरसफाई अभियान कार्यक्रम ललितपुर महानगरपालिका-१६ का युवा समुहको नेतृत्व र वडा कार्यालयको समन्वयमा धौबाहलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका -१६ का वडा अध्यक्ष निर्मल रत्न शाक्य, कार्यपालिका सदस्य सुप्रभा शाक्य, युवा विपद व्यवस्थापन समितिका सदस्य, युवा समितका सदस्यहरु लगायत बजार आसपासका व्यापारीहरुको उपस्थिति रहेको थियो ।

आजको बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) लाई लक्षित गरी अहिलेको जटिल परिस्थितिमा सरसफाईमा पनि उतिकै महत्वपूर्ण र आफैमा सचेत हुनु जरुरी रहेको छ ।

मानिसहरुको आवातजावत धेरै मात्रमा हुने भएको र ब्यापारीहरुले सामान किनबेचको क्रममा आफुले विशेष ध्यान दिनु जरुरी रहेको छ । आफु बस्ने घर वरपर सरसफाई राख्नु जरुरी छ भन्ने उदेश्यले जनचेतना तथा वातावरण सरसफाई अभियान कार्यक्रम वडाको खुद्रा तथा सहुलियत बजार आसपासमा सरसफाई कार्यक्रम सम्पन गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here