December 11, 2023
राष्ट्रिय समाचार

ललितपुरमा ६ महिनासम्म निषेधाज्ञा

ललितपुर, मंगलबार, ५ मङ्सिर २०८० । ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ ।

ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी भएको छ ।

विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *