ललितपुर, मंगलबार, १३ असोज २०७७ । ललितपुर महानगरपालिका वडा नं २८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् ।

आउँदो असोज १५ गतेदेखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उहाँहरुले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गर्नु भएको छ ।

हामीले हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैब चोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।” हरिसिद्धिको साँघुरा क्षेत्र आठ मिटर सडक यथास्थितिमै कालोपत्र हुने भएको महर्जनले बताउनु भयो ।

आउँदो बिहीबारदेखि आइतबारसम्मका लागि १० दिन सो सडक खण्ड बन्द गरिने भएकाले यसको साटो वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले बताउनु भयो । सोही सडक खण्ड हुँदै गोदावरी नगरपालिका–१ गोदामचौर, २ विशङ्खु, नं ३ साविकको गोदावरी, नं ४ बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले दैनिक यात्रा गर्ने गर्दछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here