May 18, 2024
स्वास्थ्य

ललितपुर महानगरपालिका १५ मा पाठेघर र स्तन क्यान्सर परीक्षण

ललितपुर, बुधबार, १९ वैशाख २०८१ । ललितपुर महानगरपालिका वडा न १५ नगर स्वास्थ्य केन्द्रमा पाठेघर र स्तन क्यान्सर परीक्षण सम्पन्न गरिएको छ ।

महानगरको जनस्वास्थ्य महाशाखाले बुधबार ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा उक्त शिविर सञ्चालन गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हो ।

आज बुधबार भएको स्वास्थ्य शिविरमा २०२ जनाले परीक्षण गराउनु भएको बिन्दु थापा मगरले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गराउनु भएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *